ओयोको नेपालमा ‘फास्ट मुभ’, डेढ वर्षमा ८० होटलका १४ सयभन्दा बढी कोठामा साझेदारी

पर्यटकीय नगरी पोखरामा मात्रै ओयोका कोठाहरुको सङ्ख्या ५ सय पुगेका छन् । बुधबार मात्र होटल स्नोल्याण्ड पनि ओयोसँग आबद्ध भएको छ । नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानीले नेपालमा ओयोको सुरुवात राम्रोसँग अगाडि बढेको बताए ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धिदर भएको ओयोको होटल शृङ्खला नेपालमा पनि तीव्र गतिमा फैलिएको छ ।

ओयोको नेपाल प्रवेशको डेढ वर्षमै ८० होटलको १४ सयभन्दा बढी कोठामा साझेदारी भएको छ । ओयोको नेपालमा प्रवेश २०१७ अप्रिलमा भएको थियो ।

ओयोले साझेदारी गरेको होटलका कोठाहरु आरामदायी, आधुनिक सुविधायुक्त, एयरकन्डिसन, निःशुल्क वाईफाई, टेलिभिजन र ७ दिन २४ घन्टाकै सुविधायुक्त सुसज्जित कोठा रहेको कम्पनीले जनाएको छ । ओयोसँग आबद्ध होटलहरुको कोठाको कम्तीमा प्रतिरातको ९ सयदेखि औसतमा २ हजारमा उपलब्ध गराइरहेको ओयोले जनाएको छ ।

पर्यटकीय नगरी पोखरामा मात्रै ओयोका कोठाहरुको सङ्ख्या ५ सय पुगेका छन् । बुधबार मात्र होटल स्नोल्याण्ड पनि ओयोसँग आबद्ध भएको छ ।

नेपालका लागि ओयोका कन्ट्री हेड निशिध हलानीले नेपालमा ओयोको सुरुवात राम्रोसँग अगाडि बढेको बताए । ‘हामीले डेढ वर्षको सानो समयमै हाम्रो आतिथ्यमा राम्रो प्रतिक्रिया पाएका छौं,’ उनले भने, ‘ओयोमा हामी होटल मालिकसँग नजिक भएर काम गर्छौं ।’ जसमा उनीहरुलाई प्रविधिको माध्यमसंगै अझै राम्रो आतिथ्य कसरी प्रदान गर्ने भन्ने बारेमा सशक्त मद्दत गर्ने उनले बताए ।

‘ओयोले अनलाइन र अफलाइन माध्यमबाट कर्मचारी प्रशिक्षण, बजारीकरण र उच्चस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने गरेकाले पनि हाम्रो मुभमेन्ट छिटो भएको हो, उनले भने।

नेपाल रमाइलो देखि व्यापार, एड्भेन्चर र तीर्थ यात्रासम्म गरी सबै प्रकारका पर्यटकहरुको आवश्यकताहरुलाई पूरा गर्न सक्ने विविधता भएको ठाउँ भएकाले ओयोका लागि एक नेपाल सशक्त बजार रहेको कम्पनीले जनाएको छ । नेपालमा कम्पनीको सुरुवात गरेसँगै कम्पनीको नेटवर्कमा बुकिङको सङ्ख्यामा १० गुणा वृद्धि भएको ओयोले जनाएको छ ।

मे २०१३ मा स्थापना भएको ओयोको मिशन सबैतिर, सबैका लागि गुणस्तरीय बास बस्ने स्थान बनाउनु हो । विश्वभर ३५० भन्दा बढी शहरहरुमा होटेल शृङ्खला रहेको ओयोको भारत, चीन, मलेशिया, नेपाल, यूके, यूएई, र हालैमा इन्डोनेशिया समेत गरी सात देशहरुमा १२ हजार साझेदार फैलिएका छन् । ओयो होटलले संसारकै पहिलो पूर्ण आतिथ्यका लागि प्रतिपादित स्ट्याक प्रबिद्धिको नमुनाको प्रयोग गर्दै आएको छ । यसको फ्रेन्चाइजमा रहेका २ लाख ७० हजार साझेदारहरूले यसबाट भरपूर फाइदा पाएको कम्पनीले जनाएको छ । ओयो होटेलले १ लाख ५० हजार बढी अतिथिलाई प्रत्येक रात सेवा पुर्याउने ओयोले जनाएको छ ।