भैरवकुण्ड हाइड्रोपावरले ३२ करोडबराबरको आईपीओ निष्कासन गर्ने

कम्पनीको जारी चुक्ता पुँजीको ४८ दशमलव ९७ प्रतिशत आईपीओ निष्कासन हुने भएको हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ ।

भैरवकुण्ड हाइड्रोपावरले ३२ करोड रुपैयाँबराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी ३१ लाख ८३ हजार २ सय ८० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३३ हजार २ सय ८० कित्ता र स्थानीय बासिन्दाका लागि ६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । भैरवकुण्डले निष्कासन गर्ने कुल सेयरको १ प्रतिशत आयोजनाका कर्मचारी, १० प्रतिशत स्थानीयका लागि वितरण गर्नेछ ।