मङ्सिरदेखि लगानीकर्ताले अनलाइनबाट सेयर खरिदबिक्री गर्न पाउने

नेपाल धितोपत्र बोर्डले मार्जिन ल्यान्डिङको काम अन्तिम चरणमा पुर्याएको छ । मार्जिन ल्यान्डिङसम्बन्धी बाँकी केही प्रक्रिया पुर्याएर तिहारअघि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी बोर्डले दिएको सुवेदीले जानकारी दिए ।

लगानीकर्ताले मङ्सिर पहिलो सातादेखि अनलाइनबाट आफैं सेयर खरिदबिक्री गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने अनलाइन कारोबार प्रणालीबाट लगानीकर्ता आफैंले सेयर खरिदबिक्री गर्न पाउने भएका हुन् । त्यसका लागि नेप्सेले तिहारलगत्तै लगानीकर्तालाई अनलाइनबाट कारोबार गर्ने तालिम दिने बताइएको छ ।

कात्तिक १५ देखि ब्रोकर कम्पनीले अनलाइनको माध्यमबाट सेयर कारोबार गरे पनि लगानीकर्ताले भने मङ्सिर १ गतेदेखि कारोबार गर्न पाउने नेपाल पुँजीबजार सङ्घका प्रतिनिधिसँगको भेटमा नेप्सेसम्बद्ध अधिकारीले बताएका हुन् । मङ्सिरको पहिलो सातादेखि नै लगानीकर्ताले अनलाइनका माध्यमबाट सेयर खरिदबिक्री गर्न पाउने पुँजीबजार सङ्घका अध्यक्ष नवराज सुवेदीले जानकारी दिए ।