बिहीबार नेप्सेमा १ सय ५६ कम्पनीका ४ हजार ३ सय १७ कारोबारबाट ९ लाख ४८ हजार सेयर किनबेच भई २७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ४ करोडले बढी हो ।
उत्पादनमूलकबाहेक सबै समूहमा गिरावट आएको दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ८२ अङ्कले घटेको छ । नेप्सेमा कारोबार भएका १० समूहमध्ये अधिकांश समूहमा गिरावट आउँदा समग्रमा परिसूचक घटेको हो । साताको अन्तिम दिन आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ ।
१ हजार २ सय ५० दशमलव २ अङ्कबाट सुरु भएको आजको नेप्से कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो । ८ अङ्कको गिरावटपछि केही सम्हालिएर स्थिर अवस्थामा रहँदै सुधारिएर उकालो लागेको नेप्से पुनः ओरालो लागेपछि ८ अङ्कले घटेर नेप्से १ हजार २ सय ४१ दशमलव ८२ अङ्क कायम भएको छ । अनलाइन कारोबार सञ्चालनमा आउने भएपछि बुधबार केही सुधार भएको नेप्से अन्तिम दिन फेरि ओरालो लागेको छ ।
प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको दिन आज छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६ दशमलव २५ प्रतिशतले बढेको छ भने वरुण हाइड्रोपावर कम्पनीको ६ दशमलव ४ प्रतिशतले घटेको छ । यस्तै आज कालिका पावर कम्पनीको सेयर ३ सय ३२ पटक कारोबार भएको छ ।
आज उत्पादनमूलक ४९ दशमलव ५६ अङ्कले बढ्नुबाहेक सबै कम्पनीको सूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा ४२ दशलमव ०३, होटल ३६ दशलमव ९४, जीवन बिमा १० दशमलव ६२ अङ्कले र बैङ्किङ समूह ९ दशलमव ९८ अङ्कले घटेको छ भने अन्य कम्पनीको सूचक सामान्य अङ्कले घटेको छ ।
बिहीबार नेप्सेमा १ सय ५६ कम्पनीका ४ हजार ३ सय १७ कारोबारबाट ९ लाख ४८ हजार सेयर किनबेच भई २७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा ४ करोडले बढी हो ।
बुधबार नेप्सेमा १ सय ५२ कम्पनीका ३ हजार ७ सय ७० कारोबारबाट ८ लाख ९१ हजार ६ सय ९ कित्ता सेयर किनबेच भई २३ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।