बसकै भाडामा जहाजबाट पोखरा

यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले पछिल्लो समय यात्रुको चाप घटेका कारण भाडादर घटाएको बताए । यो अफर पाँच दिनका लागि मात्र रहेको र काठमाडांैबाट पोखरासम्म मात्र लागू हुने उनको भनाइ छ । बिहान जाँदा १ हजार ५ सय रुपैयाँ भाडादर रहे पनि पोखराबाट काठमाडौं आउँदा भने साविककै भाडादर कायम गरिएको बताए ।

काठमाडौंबाट पोखरासम्म हवाइजहाजमार्फत १ हजार ५ सय रुपैयाँमै जान पाउने भएका छन् । यात्रुहरुको चापलाई दृष्टिगत गरी यती एयरलाइन्स र बुद्ध एयरले १ हजार ५ सय रुपैयाँमै काठमाडौंबाट पोखरा उडान गर्न लागेको हो ।

यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले पछिल्लो समय यात्रुको चाप घटेका कारण भाडादर घटाएको बताए । यो अफर पाँच दिनका लागि मात्र रहेको र काठमाडांैबाट पोखरासम्म मात्र लागू हुने उनको भनाइ छ । बिहान जाँदा १ हजार ५ सय रुपैयाँ भाडादर रहे पनि पोखराबाट काठमाडौं आउँदा भने साविककै भाडादर कायम गरिएको बताए ।

यतीले पाँच दिनसम्मका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । यतीको तालिकाअनुसार बिहान ७ बजेको १ हजार ५ सय, ८ बजेदेखि १२ः५० सम्म दुई हजार भाडादर कायम गरेको छ ।

बुद्ध एयरले पनि काठमाडौंबाट पोखराका लागि १ हजार ५ सय भाडादर निर्धारण गरेको छ । शुक्रबारको पहिलो उडानका लागि मात्र यो भाडादर निर्धारण गरेको बुद्ध एयरका बजार प्रमुख रुपेश जोशीले बताए । त्यसबाहेकका अन्य उडान नियमित भाडादर नै कायम रहेको उनले जानकारी दिए ।

दसैं सकिएपछि यात्रुहरुको कमी भएका कारण दुई एयरलाइन्सले काठमाडौं–पोखराको भाडादर घटाएर उडान गर्न लागेको छ । पर्यटकीय नगरी पोखरामा जाने पर्यटकहरुलाई लक्ष्य गरी भाडादर कम गरिएको यती एयरलाइन्सका बजार प्रमुख राईको भनाइ छ । पर्यटकीय सिजन सुरु भएका कारण पोखरा हुँदै धेरै ठाउँमा पर्यटक जाने भएकाले उनीहरुलाई लक्ष्य गरी भाडा घटाएको उनले बताए ।

टुरिस्ट डिलक्स बसमा काठमाडौंबाट पोखराको भाडा १ हजार ५ सय रुपैयाँसम्म लाग्छ ।