प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार भएको साता नेप्से स्थिर, करिब १ अर्बको कारोबार

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक स्थिर रहे पनि सातामा १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता प्रभु बैङ्कको सेयर पाँचै दिन सबैभन्दा बढी कारोबार भएको छ ।

दसैंपछि सुरु भएको सेयर बजार यस साता प्रभु बैङ्कको सबैभन्दा बढी कारोबार हुँदा नेप्से परिसूचक स्थिर रह्यो । गत साताको अन्तिम कारोबार दिन असोज २९ गतेको तुलनामा यस साता सेयर बजार स्थिर रहेको हो । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार परिसूचक स्थिर रहे पनि सातामा १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता प्रभु बैङ्कको सेयर पाँचै दिन सबैभन्दा बढी कारोबार भएको छ ।

गत साताको अन्तिम दिन असोज २९ गते १ हजार २ सय ४१ दशलमव ६३ अङ्कमा कायम भएको बजार यस साता दुई दिन वृद्धि तथा तीन दिन घट्दै १ हजार २ सय ४१ दशमलव ११ अङ्क कायम भएको छ । यस साता नेप्से परिसूचक शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको हो । गत साता आइतबार र सोमबारबाहेक अरु दिन बिदा परेकाले कारोबार भएको थिएन ।

यो साताका पाँचै दिन कारोबार खुला रहेको बजारमा आइतबार र बुधबार बजार बढ्नुबाहेक तीन दिन घटेको छ । आइतबार ४ अङ्कले बढेको नेप्से बुधबार अन्तिम १ घन्टामा करिब ८ अङ्कले बढेको थियो । त्यसबाहेक सोमबार, मङ्गलबार लगातार घटेको बजार अन्तिम दिन बिहीबार ९ अङ्कले ओरालो लाग्यो ।

नेप्सेले अर्को सातादेखि अनलाइन कारोबार सञ्चालनमा ल्याउने बताउँदै बुधबार ब्रोकरलाई तालिम दिएपछि बजार अन्तिम १ घन्टामा एकाएक गर्माएको थियो । तर, नेप्सेको वृद्धि अर्कोदिन रहन सकेन र अघिल्लो दिनको वृद्धिलाई सन्तुलनमा ल्याउने गरी करिब समान अङ्कले घट्यो ।

नेप्सेमा साताको पहिलो दिन आइतबार १४ करोड ५ लाख, सोमबार १६ करोड ९८ लाख, मङ्गलबार १९ करोड ८७ लाख, बुधबार २३ करोड २८ लाख र बिहीबार २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।