समिट माइक्रोफाइनान्सले साधारण सभाबाट पारित भएको बोनस सेयर करिब १० महिनापछि शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले लगेको प्रस्ताव पारित भएको १० महिनापछि बल्ल समिटको बोनस सेयर सूचीकरण भएको हो ।
कम्पनीले गत पुस २८ गते अघिल्लो आर्थिक वर्षको नाफाबाट सोही समयमा कायम रहेको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँबाट ३४ दशमलव ४८२ प्रतिशत बोनस सेयर लगानीकर्तालाई दिने प्रस्ताव पारित गरेको थियो । तर, त्यसको १० महिना वितीसकेपछि कम्पनीले शुक्रबार मात्र २ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकरण गराएको छ ।