नेप्से १३ अङ्कले घट्दा ग्लोबल आईएमईको बढी कारोबार

पछिल्लो समय नियामक निकायले सेयर बजार सुधारका लागि सुधारात्मक कार्याक्रम ल्याइरहेका छन् । तर, दसैंपछि सुरु भएको कारोबार गत सातामा भने सामान्य अङ्कले घटेको थियो । यस साताको पहिलो दिन भने नेप्से दोहोरो अङ्कले घटेको छ ।

ग्लोबल आईएमई बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको दिन आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज १३ दशमलव ६२ अङ्कले घटेको छ । गत साता सबैभन्दा बढी कारोबार भएको प्रभु बैङ्कको सेयरलाई दोस्रो स्थानमा पार्दै ग्लोबल आईएमई बैङ्कको सेयर बढी बिक्री भएको दिन नेप्से दोहोरो अङ्कले घटेको हो ।

१ हजार २ सय ४१ दशमलव १३ अङ्कबाट सुरु भएको नेप्से १३ अङ्क घट्दै १ हजार २ सय २७ दशमलव ४९ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से १३ अङ्कले घटेपछि केही सम्हालिँदै फेरि घटेको हो । कात्तिक १५ देखि अनलाइन कारोबार प्रणाली सञ्चालनमा आउने तयारी चल्दा पनि लगानीकर्ता हौसिएका छैनन् ।

पछिल्लो समय नियामक निकायले सेयर बजार सुधारका लागि सुधारात्मक कार्याक्रम ल्याइरहेका छन् । तर, दसैंपछि सुरु भएको कारोबार गत सातामा भने सामान्य अङ्कले घटेको थियो । यस साताको पहिलो दिन भने नेप्से दोहोरो अङ्कले घटेको छ ।

कारोबार भएका सबै १० समूह ओरालो लागेपछि नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ९ सय ८५ कारोबारबाट १ लाख १९ हजार सेयर खरिदबिक्री भई ३२ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन गत साताको बिहीबारको कारोबार रकमभन्दा ५ करोडले बढी हो ।

बिहीबार नेप्सेमा १ सय ५६ कम्पनीका ४ हजार ३ सय १७ कारोबारबाट ९ लाख ४८ हजार सेयर किनबेच भई २७ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी निर्जीवन बिमा ७९ दशमलव ७३, जीवन बिमा ५४ दशमलव ११, बैङ्किङ १६ दशमलव ८१, होटल १५ दशमलव ०१ अङ्कले घटेका छन् । यस्तै बाँकी समूहमा पनि गिरावट आएको छ ।

नेप्से परिसूचक घटे पनि आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ९५ प्रतिशत बढेको छ भने युनाइटेड फाइनान्सको सेयर मूल्य ४ दशमलव ८९ प्रतिशतले ओरालो लागेको छ ।