मेरो माइक्रोफाइनान्सले बोनस सेयरपछि सत प्रतिशत हकप्रद जारी गर्ने

मेरो माइक्रोफाइनान्सले बोनस सेयर जारी भएपछि हुन आउने चुक्ता पुँजीबाट सत प्रतिशत हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बोनस सेयरपछि हुन आउँने ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो ।

कात्तिक ९ गते बसेको कम्पनीको साधारण सभाले सञ्चालक समितिको निर्णय सर्बसम्मत पारित गरेपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।