पूर्वाभ्यासका लागि सञ्चालनमा ल्याइएको मक ट्रेडिङ सकियो

नेप्सेले अनलाइनका माध्यमबाट कारोबार गर्न लगानीकर्तालाई सहज होस् भनेर तिहारलगत्तै तालिम दिने तयारी गरिरहेको छ । यस्तै नेप्सेले गत साताको बुधबारदेखि शुक्रबारसम्म सेयर दलाल कम्पनीलाई र कर्मचारीलाई अनलाइन कारोबारसम्बन्धी तालिम दिएको थियो ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेदेखि सञ्चालनमा मक टे«डिङ सकिएको छ । लगानीकर्तालाई अनलाइन टे«डिङमा अभ्यास्त गराउने लक्ष्यसाथ सञ्चालनमा आएको पूर्वाभ्यास अनलाइन प्रक्रिया सकिएको हो । योसँगै अब नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनको तयारी करिब अन्तिम चरणमा पुर्याएको छ ।

कात्तिक १५ गतेदेखि अनलाइन कारोबार सञ्चालनमा ल्याउने तयारीमा रहेको नेप्सेले एक सूचना जारी गर्दै मक टे«डिङ सकिएको बताएको हो । नेप्सेले सेयर दलाल कम्पनीलाई कात्तिक १५ देखि र लगानीकर्तालाई मङ्सिरदेखि अनलाइन कारोबार उपलब्ध गराउने बताइसकेको छ ।

मक ट्रेडिङमा रहेको अनलाइन कारोबार प्रणालीको युजर एसेप्टेन्स टेस्टको फाइनल रिपोर्ट सकारात्मक आएसँगै नेप्सेले अनलाइन प्रणाली कार्यान्वयनको पूर्वतयारीका रूपमा कम ट्रेडिङलाई अन्त गरेको औपचारिक जानकारी दिएको बताइएको छ ।

नेप्सेले अनलाइनका माध्यमबाट कारोबार गर्न लगानीकर्तालाई सहज होस् भनेर तिहारलगत्तै तालिम दिने तयारी गरिरहेको छ । यस्तै नेप्सेले गत साताको बुधबारदेखि शुक्रबारसम्म सेयर दलाल कम्पनीलाई र कर्मचारीलाई अनलाइन कारोबारसम्बन्धी तालिम दिएको थियो ।

यूएटीको फाइनल रिपोर्ट शुक्रबार आएकाले अब अनलाइन कारोबार प्रणाली सुरुवातको तयारीमा नेप्से लागेको नेप्सेका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । यूएटी रिपोर्ट राम्रो आएकाले अब अनलाइन कारोबार प्रणालीको कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।