१ हजार २ सय २७ दशमलव ४९ अङ्कबाट सुरु भएको बजार १० अङ्कले घटेपछि १ हजार २ सय १७ दशमलव ३५ अङ्क कायम भएको छ । आज नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार सेयर खरिद बिक्री भई २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १० करोडले कम हो ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)सोमबार १० दशमलव ९९ अङ्कले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ३२ करोडको कारोबार भएको नेप्से सोमबार खुम्चिँदै २४ करोड रुपैयाँमा सीमित भएको छ ।
१ हजार २ सय २७ दशमलव ४९ अङ्कबाट सुरु भएको बजार १० अङ्कले घटेपछि १ हजार २ सय १७ दशमलव ३५ अङ्क कायम भएको छ । आज नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार सेयर खरिद बिक्री भई २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा १० करोडले कम हो ।
आइतबार कारोबार भएका सबै १० समूह ओरालो लागेपछि नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ९ सय ८५ कारोबारबाट १ लाख १९ हजार सेयर खरिदबिक्री भई ३२ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
तरलता अभावको कारण देखाउँदै बैङ्कले ऋण दिन छाडेपछि सेयर बजारमा नकारात्मक प्रभाव पर्न थालेको हो । दसैंअघि बैङ्कर्सबीच ब्याजदर घटाउने सहमति भए पनि तरलता अभावपछि ब्याजदर बढ्ने सम्भावना भएकाले फेरि सेयर बजार ओरालो लागेको हो ।
सोमबार नेप्सेमा कारोबार भएका सबै समूह ओरालो लागेपछि परिसूचक दोहोरो अङ्कले घटेको हो । व्यापार समूहको कारोबार नभएको दिन आज कारोबार भएका १० समूह नै ओरालो लागेका हुन् । सबैभन्दा बढी निर्जीवन बिमा ७६ दशमलव ५५, होटल ४८ दशमलव ७६, जीवन बिमा १७ दशमलव ०७, जलविद्युत् ११ दशमलव ९६, विकास बैङ्क ११ दशमलव ०४ अङ्कले घटेको छ । यस्तै बैङ्किङ ८ दशमलव ६८ अङ्कले ओरालो लागेको छ भने अरु समूहमा एक अङ्कको गिरावट आएको छ ।