भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकमा सुरज वैद्य नियुक्त

भ्रमण वर्ष २०२० सुरु हुन १४ महिना मात्र बाँकी रहँदा सरकारले उद्योगी वैद्यलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिएकाे हो ।

भ्रमण वर्ष २०२० घोषणा गरेको करिब ६ महिनापछि सरकारले राष्ट्रिय संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेकाे छ । उनलाइ तीन बर्षका लागि नियुक्त गरेकाे हाे ।

सरकारले भ्रमण बर्ष २०२० काे कार्यक्रम कार्यान्वयन उपसमितिका उपाध्यक्ष तथा राष्ट्रिय संयाेजक बनाएकाे हाे ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका वैद्यलाई सरकारले राष्ट्रिय संयोजक बनाएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ ।

उनलाई सरकारले एक हप्तामा नियुक्त गरेकाे हाे । सार्क उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष वैद्यलाई संयोजकमा नियुक्त गरेकाे हाे ।

वैद्य ओबीओआरको सदस्य तथा प्रधानमन्त्री केपी ओलीले बनाएको उद्योगसम्बन्धी समितिका सदस्यसमेत हुन् । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् । यो कम्पनीमार्फत अटोमोबाइल, कृषि, पोल्ट्री, दानालगायत उद्योग सञ्चालित छन् ।

अन्तर्राष्ट्रिय समुदायसँग वैद्यको सम्बन्ध राम्रो सुमधुर रहेको र सोही सम्बन्धका कारण नेपालमा पर्यटन प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले उनलाई नियुक्त गरेकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

भ्रमण वर्ष २०२० सुरु हुन १४ महिना मात्र बाँकी रहँदा सरकारले उद्योगी वैद्यलाई राष्ट्रिय संयोजकको जिम्मेवारी दिएकाे हाे । लामो समयदेखि राष्ट्रिय संयोजक चयनका लागि प्रयास गरिए पनि सफल हुन सकेको थिएन । राष्ट्रिय संयोजकका लागि धेरै पर्यटन व्यवसायीहरुले चासो देखाएका थिए ।

राष्ट्रिय संयोजक चयन हुन नसक्दा भ्रमण वर्षको कार्यक्रम सार्वजनिक भएका छैनन् । पर्यटन बोर्डले विभिन्न भाषामा लोगो सार्वजनिक गरे पनि प्रचारप्रसारलाई भने तीव्र पार्न सकेको थिएन ।

विक्रम संवत् २०१९ काठमाडौंमा जन्मिएका वैद्यले दार्जिलिङमा विद्यालयस्तरको पढाइ र जर्ज मेसन विश्वविद्यालय अमेरिकाबाट एमबीए पास गरेका छन् । सन् १९८४ बाट व्यावसायिक करिअर सुरु गरेका उद्योगी वैद्य नेपाल उद्योग वाणिज्य महासङ्घमा २५ वर्षदेखि आबद्ध छन् । सार्क चेम्बर टुरिजम काउन्सिल कमिटीका पूर्वसभापतिसमेत रहेका उनी वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट हुन् । वैद्य परिवारले नै ५५ वर्षअघि नेपालमा पहिलो पटक टोयोटा गाडी भित्र्याएको हो ।