नेप्सेको गिरावट रोकियो, तीन समूह घटे पनि परिसूचक ७ अङ्कले बढ्यो

कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्सेमा ७ अङ्कले सुधार आएपछि पुनः ओरालो लागेको थियो । तीव्र उतराचढाव भएको नेप्से घटेर १ अङ्कको वृद्धि भएपछि फेरि सुधार हुँदै ७ अङ्कले बढेको हो ।

साताको तेस्रो दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को गिरावट रोकिएको छ । लगातार दुई दिन घटेको नेप्से मङ्गलबार ७ दशमलव ४३ अङ्कले सुधार आएको छ । नेप्सेमा सुधार आए पनि कारोबार रकम भने घटेको छ ।

कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्सेमा ७ अङ्कले सुधार आएपछि पुनः ओरालो लागेको थियो । तीव्र उतराचढाव भएको नेप्से घटेर १ अङ्कको वृद्धि भएपछि फेरि सुधार हुँदै ७ अङ्कले बढेको हो ।

१ हजार २ सय १६ दशमलव ९३ अङ्कबाट सुरु भएको नेप्से ६ अङ्कले बढ्दै १ हजार २ सय २३ दशमलव ५९ अङ्क कायम भएको छ । आज नेप्सेमा १ सय ६३ कम्पनीका ४ हजार १ सय २९ कारोबारबाट ९ लाख २४ हजार सेयर खरिदबिक्री भई २२ करोड १८ लाख रुपैयाँ बराबरको काबोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा २ करोडले थोरै हो ।

सोमबार नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार सेयर खरिद बिक्री भई २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से ६ अङ्कले सुधार भएको दिन आज कारोबार भएको ३ समूहबाहेक सबै समूहमा सुधार आएको छ । जीवन बिमा २३ दशमलव ३६, निर्जीवन बिमा २२ दशमलव ९९ तथा उत्पादनमूलक समूहमा १३ दशलव ०३ अङ्कले सुधार आएको छ । यस्तै बैङ्किङ समूह ८ दशमलव २ अङ्कले बढेको छ भने होटल समूह १५ दशमलव ०७, जलविद्युत् ५ दशमलव ५४ र माइक्रोफाइनान्स १ दशमलव ०५ अङ्कले घटेको छ ।