माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमाेजिम पाए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका छन् ।

स्थानीय वासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ । सेयर निष्कासन गरेको करिब ४ महिनापछि कम्पनीले आवेदनका आधारमा सेयर बाँडफाँट गरेको हो ।

अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमाेजिम पाए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका छन् ।

ख बर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका छन् ।

यस्तै ग वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका छन् ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो ।

सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई छुट्ट्याइएको सेयरमा २ लाखभन्दा बढी स्थानीय बासिन्दाबाट आवेदन परेको थियो ।