सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको आईपीओ आजदेखि

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर आजदेखि बिक्री खुला भएको हो । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बुधबार बाँडफाँट गरेपछि कम्पनीले कात्तिक (१५ गते) आजददेखि सर्वसाधारणका लागि सेयर आवेदन खुलाएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि आज (बिहीबार)देखि साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर आजदेखि बिक्री खुला भएको हो । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बुधबार बाँडफाँट गरेपछि कम्पनीले कात्तिक (१५ गते) आजददेखि सर्वसाधारणका लागि सेयर आवेदन खुलाएको छ ।

कम्पनीले सेयर निष्कासन भएको करिब ४ महिनापछि बुधबार हिजो स्थानीय वासिन्दाका लागि सेयर बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम ५० देखि १ हजार कित्तासम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । सेयरमा आजदेखि कात्तिक १९ गतेसम्म आवदेन दिन पाइने छ । कम्पनीको सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकिएको छ ।

सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीय आयोजना प्रभावितलाई बिक्री गरिएको थियो । स्थानीयलाई बिक्री गरेर बाँकी रहेको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधरणका लागि बिक्री खुला गरिएको हो ।

यसअघि आवेदन दिएका स्थानीय आयोजना प्रभावित वासिन्दा, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा आयोजनाका कर्मचारीले सर्वसाधारणका लागि खुलाइएको सेयरमा आवेदन दिन पाउने छैनन् ।