कालिञ्चोक केबलकारकाे भाडा तय : पाँच सयमा ओहोरदोहोर

दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिरमा निर्माण भइरहेको सो केबलकार सञ्चालनको तयारीमा छ । केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले तत्कालका लागि ५ सय रुपैयाँ भाडा निर्धारण भएको बताए । हाल केबलकारको परीक्षण सञ्चालन भइरहेको छ ।

तेस्रो केबलकारको रुपमा सञ्चालनमा आउन लागेको कालिञ्चोक केबलकारमा ५ सय रुपैयाँमा ओहोरदोहोर गर्न पाइने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरको सो केबलकारबाट ४ मिनेटमा मन्दिरसम्म पुग्न सकिन्छ ।

दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक भगवती मन्दिरमा निर्माण भइरहेको सो केबलकार सञ्चालनको तयारीमा छ । केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले तत्कालका लागि ५ सय रुपैयाँ भाडा निर्धारण भएको बताए । हाल केबलकारको परीक्षण सञ्चालन भइरहेको छ ।

नेपाल टेलिकमले इन्टरनेट जडानका लागि बिहीबार फाइबर बिच्छ्याउने काम गरेको र शुक्रबारसम्म इन्टरनेट सञ्चालनमा ल्याउने गरी काम सुरु भएको कम्पनीले जनाएको छ । टेलिकमले इन्टरनेट जडानमा ढिलाइ गरेकै कारण केबलकार सञ्चालनका लागि स्विट्जरल्यान्डबाट आएका इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर केही दिन त्यत्तिकै बस्नु परेको थियो ।

मुलुकको तेस्रो केबलकारका रुपमा रहेको कालिञ्चोक केबलकारको औपचारिक उद्घाटन भने केही महिनापछि मात्र हुने छ । केबलकार सञ्चालनमा आएपछि केही भौतिक संरचनाहरु बनाउन बाँकी रहेकाले उद्घाटन केही ढिला हुने भएको प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले बताए । तर, परीक्षण सञ्चालन भने नियमित रुपमै हुने उनको भनाइ छ ।

केबलकारमा ४ ओटा डिब्बा छन् । हरेक डिब्बामा १० जना बस्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ । केबलकारको यात्रा ४ मिनेटको हुने छ । ४० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो केबलकारमा दोलखाली उद्योगी बालकृष्ण शिवाकोटीलगायतको लगानी छ ।

नेपालकै चर्चित गन्तव्यको रुपमा रहेको कालिञ्चोकमा वार्षिक हजारौं पर्यटक त्यहाँ पुग्ने गरेका छन् । विषेश गरी हिउँ परेको समयमा त्यहाँका होटलहरुमा चहलपहल बढ्ने गरेको छ । बढी मात्रामा कालिञ्चोक मन्दिरको दर्शनका लागि आन्तरिक पर्यटकहरु त्यहाँ जाने गरेका छन् ।

केबलकारबाट गौरीशङ्करलगायत अन्य हिमाल नजिकबाट नियाल्न सकिने केबलकार सञ्चालक गुरु अधिकारीको भनाइ छ । उनले कुरीसम्म पुगेर पनि कालिञ्चोक मन्दिरको दर्शन गर्न नपाउनेहरुका लागि केबलकारले ठूलो सहयोग पुग्ने बताए । कुरीबाट करिब १ घण्टाको उकालो यात्रापछि मन्दिर पुगिने भएकाले केही धर्मावलम्बीहरु बीच बाटोबाटै फर्किने गरेका छन् ।