फुलै संसार…(फोटोफिचर)

तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ ।

तिहार नजिकिएसँगै फुलको माग बढ्छ । यो बेला सयपत्री, मखमली लगायत विभिन्न प्रकारका रंगीन फुलहरुको व्यापार जुनसुकै बजारमा भइरहेको छ । विभिन्न सहरमा पुष्प प्रदर्शनी तथा मेलाहरु भइरहेका छन् ।

फ्लोरिकल्चर एसोसियनले हरेक बर्ष आयोजना गर्ने पुष्प प्रदर्शनी तथा मेला यस बर्ष जावलाखेल मैदानमा कात्तिक १५ गतेदेखि सुरु गरेर १८ गतेसम्म मेला सम्पन्न गर्दैछ । १२ औं गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी तथा पुष्प मेलामा अवलोकन गर्नेहरुको भीड लागेको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको छ । ‘रोपेर फुल गोदावरी सजाआँै घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।
प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष समावेश छन् । मेला आइतबार सकिँदैछ ।