निर्माण भइरहेका होटलहरुमा काठमाडौंमा हयात प्लेस, शेराटन काठमाडौं, अल्फट काठमाडौं तथा मेरियट इन्टरनेसनल छन् । त्यस्तै ललितपुरमा जिङ्क काठमाडौं तथा सीजी होटल्स निर्माण भैरहेका छन् । झापामा द्वारिकाज इन, मेची क्राउन प्लाजा, भैरहवामा पवन प्लेस तथा बुद्ध रिजेन्सी होटल सञ्चालनमा आउन लागेका हुन् । सञ्चालनमा आउन लागेका यी सबै होटलको कुल लागत ३० अर्ब रुपैयाँभन्दा बढी छ ।
मुलुकको पर्यटन व्यवसाय फस्टाउँदै जाँदा तारे होटलमा लगानी बढ्दै गएको छ । काठमाडौं र काठमाडौं बाहिर गरेर १० ओटा पाँचतारे होटल निर्माण भैरहेका छन् । सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेपछि त्यसकै अघि–पछि सञ्चालनमा आउने गरी धमाधम तारे होटल निर्माण भएका हुन् ।
निर्माण भइरहेका होटलहरुमा काठमाडौंमा हयात प्लेस, शेराटन काठमाडौं, अल्फट काठमाडौं तथा मेरियट इन्टरनेसनल छन् । त्यस्तै ललितपुरमा जिङ्क काठमाडौं तथा सीजी होटल्स निर्माण भैरहेका छन् । झापामा द्वारिकाज इन, मेची क्राउन प्लाजा, भैरहवामा पवन प्लेस तथा बुद्ध रिजेन्सी होटल सञ्चालनमा आउन लागेका हुन् । सञ्चालनमा आउन लागेका यी सबै होटलको कुल लागत ३० अर्ब रुपैयाँभन्दा बढी छ ।
गोल्यान ग्रुपका अध्यक्ष तथा हयात प्लेसका सञ्चालक पवन गोल्यानले पर्यटन व्यवसायमा आएको सुधारका कारण होटलमा लगानी बढ्दै गएको बताए । ‘सरकारले पनि पर्यटनलाई प्राथमिकतामा राखेको छ,’ गोल्यानले भने, ‘निजी क्षेत्रबाट पनि लगानी बढेको छ, आगामी दुई वर्षभित्र पर्यटनमा अझ राम्रो सुधार देखिन्छ ।’ गोल्यान ग्रुपले काठमाडौंमा तीन अर्ब रुपैयाँमा हयात प्लेस निर्माण गरिरहेको छ ।
निर्माण हुन लागेका सबै १० होटलमा ५० भन्दा बढी कोठा रहेकाले सबै होटलले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नुपर्नेमा सात ओटा होटलले ईआईए गरिसकेको पर्यटन विभागले जनाएको छ ।
पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरेले १० ओटा पाँचतारे होटल सञ्चालनमा आउन लागेको बताए । ‘हामीले सबै होटलको वातावरणीय प्रभाव मूल्याङ्कन गरिसकेका छौं,’ उनले भने, ’सात ओटाले त पाइसकेका छन्, तीन ओटा पाउने प्रक्रियामा छन् ।’
नेपाल राष्ट्र बैङ्कको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा छ हजार एक सय ८८ ओटा कोठा थपिएका छन् । यो सङ्ख्या त्यसअघिको तथ्याङ्कभन्दा ९.७९ प्रतिशत बढी हो ।
राष्ट्र बैङ्कका अनुसार काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीमा तारे होटलमा लगानी बढिरहेको छ ।