प्रभुको ५ करोडको कारोबार हुँदा नेप्से १३ अङ्कले घट्यो

प्रभुपछि आइतबार बढी रकम कारोबार हुने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल छ । उसको आज २ करोड ८३ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आर्थिक वर्ष २०७३र७४ को पूर्वघोषित ३६ प्रतिशत बोनस सेयरलाई बिमा समितिले रोकेपछि एलआईसीमा सेयर बिक्री गर्नेको चाप बढेको छ । उसको सेयर मूल्यसमेत ५ प्रतिशत बिन्दुभन्दा बढीले घटेको छ ।

प्रभु बैङ्कको सेयर कारोबार अग्रपङ्क्तिमा देखिएको छ । केही समयदेखि प्रभुको सेयर खरिदबिक्रीले अग्रस्थान हासिल गर्दै आएकोमा आइतबार पनि उच्च कारोबार भएको छ ।

प्रभुको आइतबार ४ करोड ८३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । गत साताभर पनि प्रभुको ७ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएर सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनी भएको थियो । खासगरी पछिल्लो समय प्रभुको वित्तीय विवरणमा सुधार भइरहेको भन्दै लगानीकर्ता प्रभुको सेयरमा आकर्षित भएका हुन् ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार पनि प्रभुले गत वर्षको यही अवधिको तुलनामा ७१ प्रतिशतले खुद नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रभु विकास बैङ्क भएसँगै किस्ट बैङ्कसँग मर्ज गरेको र ग्रान्ड बैङ्कलाई प्रभुमा विलय गराएसँगै प्रभुले लगानीकर्तालाई कुनै पनि प्रकारको लाभांश दिएको छैन । त्यसैले लगानीकर्ताले चालू वर्ष प्रभुबाट राम्रो लाभांश प्राप्त गर्ने आशा गरेका कारण केही समयदेखि कारोबार वृद्धि हुँदै आएको छ ।

प्रभुपछि आइतबार बढी रकम कारोबार हुने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल छ । उसको आज २ करोड ८३ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आर्थिक वर्ष २०७३र७४ को पूर्वघोषित ३६ प्रतिशत बोनस सेयरलाई बिमा समितिले रोकेपछि एलआईसीमा सेयर बिक्री गर्नेको चाप बढेको छ । उसको सेयर मूल्यसमेत ५ प्रतिशत बिन्दुभन्दा बढीले घटेको छ ।

खासगरी आइतबार माछापुच्छ्रे बैङ्क र निर्धन उत्थान वित्तीय संस्थाको संस्थापक सेयरको कारोबारले कारोबार रकमलाई उचालेको छ । आइतबार समग्रमा ५६ करोड ४७ लाख ८७ हजार रुपैयाँबराबरको कारोबार हुँदा माछापुच्छ्रेको संस्थापक सेयरको हिस्सा १६ करोड ५६ लाख ४४ हजार र निर्धनको संस्थापक सेयरको हिस्सा ११ करोड ८ लाख ६५ हजार रुपैयाँबराबरको छ ।

समग्र आइतबार पनि सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) भने १३ दशमलव ७ अङ्कले ओरालो लागेको छ । खासगरी नेप्सेमा वर्गीकृत भएर कारोबार भएका अन्य समूहबाहेक सबै उपसूचक ओरालो लागेपछि नेप्से दोहोरो अङ्कले झरेको हो ।