नेप्सेमा १२ अङ्कको ‘कमब्याक’, कारोबारमा प्रभुकै प्रभाव

सोमबार प्रभुपछि सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम छ । उसको २ करोड ९ लाख ६० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसो त सोमबार समग्रमा ३ हजार ५३ कारोबारबाट ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री भई २४ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से ११ दशमलव ९२ अङ्क बढेको छ । आइतबार १३ दशमलव ७ अङ्कले घटेको बजार सोमबार पुनः बढेको हो । नेप्सेमा वर्गीकृत सबै समूह सूचक उकालो लागेपछि त्यसको प्रभाव समग्र नेप्सेमा पनि परेको हो ।

सोमबार सबैभन्दा बढी निर्जीवन बिमा समूहको सेयर मूल्य बढेको छ । उसको उपसूचक ८७ दशमलव ४५ अङ्कले बढ्दा दोस्रोमा रहेको जीवन बिमा उपसूचक ४९ दशमलव ६२ अंकले बढेको छ । त्यसैगरी होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, बैङ्किङ ११ दशमलव ५२, जलविद्युत् ७ दशमलव ५९, अन्य २ दशमलव ९, वित्त २ दशमलव शून्य ७ र उत्पादनमूलक तथा प्रशोधन समूह शून्य दशमलव ७ अङ्कले बढेको छ । सोमबार सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशतले बढेको छ भने सिर्जना फाइनान्सको सेयर १ दशमलव ८६ अङ्कले बढेको छ ।

सोमबार पनि प्रभु बैङ्कको सेयर कारोबार अग्रपङ्क्तिमा देखिएको छ । केही समयदेखि प्रभुको सेयर खरिदबिक्रीले अग्रस्थान हासिल गर्दै आएकोमा सोमबार पनि उच्च कारोबार भएको छ । प्रभुको सोमबार ४ करोड १७ लाख १९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आइतबार पनि प्रभुको ४ करोड ८३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो भने गत साताभर पनि प्रभुको ७ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएर सबैभन्दा बढी कारोबार भएको थियो । खासगरी पछिल्लो समय प्रभुको वित्तीय विवरणमा सुधार भइरहेको भन्दै लगानीकर्ता उसको सेयरमा झुम्मिएका छन् ।

सोमबार प्रभुपछि सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम छ । उसको २ करोड ९ लाख ६० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसो त सोमबार समग्रमा ३ हजार ५३ कारोबारबाट ८ लाख २२ हजार २ सय ७ कित्ता सेयर खरिदबिक्री भई २४ करोड ४५ लाख ७० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा भने कम हो । आइतबार माछापुच्छ«े बैङ्क र निर्धन उत्थान लघुवित्तको संस्थापक सेयर कारोबारले गर्दा समग्रमा ५६ करोड ४७ लाख ८७ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।