नेपाल पर्यटन विभागको तथ्याङ्कअनुसार यी आरोहीहरुले सात हजारभन्दा कम उचाइ भएका ५३ ओटा हिमाल आरोहण गरेका हुन् । यी हिमाल एक सय ६१ ओटा टिमबाट आरोहण भएको हो ।
हिमाल आरोहणका लागि अफ सिजन मानिएको भदौदेखि कात्तिकसम्म एक हजार दुई सय ७१ जनाले हिमाल आरोहण गरेका छन् । नेपाल पर्यटन विभागको तथ्याङ्कअनुसार यी आरोहीहरुले सात हजारभन्दा कम उचाइ भएका ५३ ओटा हिमाल आरोहण गरेका हुन् । यी हिमाल एक सय ६१ ओटा टिमबाट आरोहण भएको हो ।
विभागका अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी छ हजार आठ सय १४ मिटर अग्लो आमादब्लम हिमालको २६ समूहका तीन सय आठ जनाले सफल आरोहण गरेका थिए । सबैभन्दा बढी आरोहण गरिएको दोस्रो हिमालमा मनास्लु परेको छ । मनास्लु हिमालमा एक सय ९२ जनाले आरोहण गरेको पर्यटन बोर्डको भनाइ छ ।
बोर्डको तथ्याङ्कमा उल्लेख भएअनुसार सारिबुङ् हिमाल तेस्रो स्थानमा छ । सारिबुङ् हिमालमा २१ ओटा समूह आरोहणका लागि गएका थिए । जसमा एक सय ७४ जनाले सारिबुङ हिमाल चढ्न सफल भएका थिए । त्यसैगरी हिमलुङ् हिमाल ८६ जना, बारुन्टिसी हिमाल २७ जना, धौलागिरि हिमाल १८ जना, मुकोट हिमाल ५२ जना, थापापिक हिमाल ४४ जनाले सफल आरोहण गरेका छन् ।
यीबाहेक अन्य ५३ हिमालमा कुल एक हजार दुई सय ७१ जनाले सफल आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ । हिमाल चढेवापत यी आरोहीहरुले पाँच करोड पाँच लाख ४७ हजार आठ सय १६ रुपैयाँ रोयल्टी तिरेका छन् ।