कुकुर यस्तो प्राणी हो जो आफ्ना मालिकका लागि जेसुकै गर्न पनि तयार हुन्छ । अलौकिक शक्तिका आधारमा कुकुर सन्देश बाहक हो । कुकुरलाई यमराजको दूत पनि भनिन्छ ।
आज तिहारको दोस्रो दिन, कुकुर तिहार । सबैका घर घरमा कुकुरको पूजा गरेर मनाइन्छ । अन्य दिन कुकुर नजिक पर्दा धपाइने तथा कुट्ने गरिए पनि आज डाकी डाकी खाना खुवाउने र माला लगाइदिने चलन छ ।
कुकुरका फरक बानी, स्वभाव छन् । कुकुर यस्तो प्राणी हो जो आफ्ना मालिकका लागि जेसुकै गर्न पनि तयार हुन्छ । अलौकिक शक्तिका आधारमा कुकुर सन्देश बाहक हो । कुकुरलाई यमराजको दूत पनि भनिन्छ ।
कुकुर एक्लै भुक्यो भने अथवा रोयो भने फरक फरक सन्देश दिएको मानिन्छ। सबैले याद गर्ने कुरा हो, कुकुर कोही आएपछि कराउँछ ।
घरमा नयाँ मान्छे आयो भने कुकुर भुक्छ । घरमा चोर आउनेबित्तिकै कानै फुट्ने गरी भएभरको शक्ति लगाएर ठूलो आवाज निकाल्ने कुकुरको बानी हामीलाई थाहा छ, यस्तै कुकुर कहिलेकाहीँ रोएको पनि सुनिन्छ । कुकुर रुँदा हामी त्यसलाई ‘अलच्छिन लाग्छ’ अर्थात् नराम्रो हुन्छ भन्छौं । बोलिचालीको भाषामा भनिने ‘काल लिन आएको’ थाहा पाएर कुकुर रुन्छ भन्ने गरिन्छ ।
यसै सन्दर्भमा आज कुकुर भएको हुँदा हामीले विश्वमा पाइने १० सबैभन्दा सबैभन्दा महँगा कुकुर व्याख्या गर्ने प्रयास गरेका छौं, जुन यस प्रकारका छन् ।