सिभिल लघुवित्तको साढे ७ प्रतिशत लाभांश

कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सिभिल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लागू हुनेछ ।