स्ट्याण्ड चार्टर्डले साढे १७ प्रतिशत नगद लाभांश दिने

कम्पनीले विगत ५ वर्षमा पहिलो पटक नगद लाभांश दिने घोषणा गरेको हो ।

स्ट्याण्ड चार्टर्ड बैङ्कले आफ्ना लगानीकर्तालाई १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले विगत ५ वर्षमा पहिलो पटक नगद लाभांश दिने घोषणा गरेको हो ।

गत आर्थिक वर्षमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको बैङ्कले शनिबार लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ छ । कम्पनीले १७ दशलमव ५ प्रतिशतका दरले १ अर्ब ४० करोड रुपैयाँ बराबरको नगद लाभांश दिने छ ।