नेप्से १६ अङ्कले घट्दा कारोबार १० करोडमा सीमित

तिहारअघिको अन्तिम कारोबार दिन असोज २० गते नेप्सेमा कुल १ सय ५५ कम्पनीका आठ लाख २२ हजार २ सय ७ कित्ता सेयर किनबेच भई २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ मूल्यमा खरीदबिक्री भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या आएको दिन आइतबार परिसूचक १७ दशमलव ३१ अङ्कले घट्दा करिब १० करोड रुपैयाँबराबरको कारोबार भएको छ । अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा सञ्चालनमा आए पनि कार्यान्वयनमा समस्या आउँदा बजारले एकाएक घट्दो क्रम लिएपछि कारोबार रकमसमेत खुम्चिएको हो ।

आज कारोबार खुलेदेखि नै नेप्सेको वेबसाइटमा समस्या देखिँदा परिसूचकदेखि कारोबार रकममा पनि प्रभाव परेको छ । आज नेप्सेमा १ सय २५ कम्पनीका १ हजार ४ सय ६५ कारोबारबाट ३ लाख १४ हजार कित्ता सेयर किनबेच भई ९ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

तिहारअघिको अन्तिम कारोबार दिन असोज २० गते नेप्सेमा कुल १ सय ५५ कम्पनीका आठ लाख २२ हजार २ सय ७ कित्ता सेयर किनबेच भई २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ मूल्यमा खरीदबिक्री भएको थियो ।

आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये २ समूहबाहेक सबै समूहमा गिरावट आउँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको हो । फाइनान्स १ दशमलव २५ अङ्कले तथा अन्य शून्य दशमलव ७३ अङ्कले बढ्नु बाहेक अरु समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी निर्जीवन बिमा ४३ दशमलव ०७, जीवन बिमा २९ दशमलव ११ र बैङ्किङ समूह २५ दशमलव ०८ अङ्कले घटेको छ ।