सोमबार नेप्सेमा कारोबार भएका ९ समूहमध्ये ८ समूह ओरालो लाग्दा परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्सेमा उत्पादनमूलक र व्यापार समूहको भने कारोबार भएको छैन । आज फाइनान्स समूह शून्य दशमलव ४२ अङ्कले बढ्नेबाहेक अन्य सबै समूह ओरालो लागेका छन् ।
सेयर बजार सुधारका लागि सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीमा समस्या आउँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ हजार २ सय अङ्कभन्दा तल आएको छ । अनलाइन कारोबार सुरु भएको तेस्रो दिनसम्म आइपुग्दा नेप्से घट्दै पुरानै बाटोमा फर्किएको छ ।
१ हजार २ सय ५ दशमलव ६८ अङ्कबाट सुरु भएको परिसूचक १३ दशमलव ३ अङ्क घट्दै १ हजार १ सय ९२ दशमलव ७५ अङ्क कायम भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारलाई अनलाइन कारोबार प्रणाली भारी परेको छ ।
सोमबार परिसूचक दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोबार रकम भने सुधार भएको छ । अनलाइन प्रणाली सञ्चालनमा आएपछि सेयर बजारले उछाल लिने बताइए पनि बजारले घट्दो रेर्कड बनाउँदै आएको छ । अनलाइन कारोबार सञ्चालनमा आएको दिन ३ करोडको कारोबार भएको बजारमा दोस्रो दिन ९ करोडको कारोबार भएको थियो । आज तेस्रो दिन सोमबार भने नेप्सेमा १३ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका १ सय ३१ कम्पनीका २ हजार ६ सय ७ कारोबारबाट ४ लाख ४३ हजार सेयर खरिदबिक्री भई १३ करोड ३७ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ४ करोडले बढी हो । आइतबार नेप्सेमा १ सय २५ कम्पनीका १ हजार ४ सय ६५ कारोबारबाट ३ लाख १४ हजार कित्ता सेयर किनबेच भई ९ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएका थिए ।
सोमबार नेप्सेमा कारोबार भएका ९ समूहमध्ये ८ समूह ओरालो लाग्दा परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्सेमा उत्पादनमूलक र व्यापार समूहको भने कारोबार भएको छैन । आज फाइनान्स समूह शून्य दशमलव ४२ अङ्कले बढ्नेबाहेक अन्य सबै समूह ओरालो लागेका छन् ।
सबैभन्दा बढी निर्जीवन बिमा १ सय १ दशमलव ६१, जीवन बिमा ९१ दशमलव ९१, माइक्रोफाइनान्स २२ दशमलव ९८, जलविद्युत् १८ दशमलव ७४, होटल ११ दशलव २१ र बैङ्किङ समूह १० अङ्कले घटेको छ ।
अनलाइन प्रणालीमा समस्या आएर नेप्से प्रभावित हुँदा पनि आज नबिल इक्विटी फन्डको सेयर मूल्य २ प्रतिशतले बढेको छ भने अपी पावर कम्पनीको सेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले घटेको छ ।