
कम्पनीले यो अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाउँदै ५१ करोड रुपैयाँ नाफा कमाएको हो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो ।
ग्लोबल आइएमई बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यो अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाउँदै ५१ करोड रुपैयाँ नाफा कमाएको हो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो ।
१ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले निक्षेप सङ्कलन १ खर्ब ११ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै ऋण लगानी १४ दशमलव ५५ प्रतिशतले बढेर ९९ अर्ब रुपैयाँ पुगेको छ ।
८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । पुँजी कोष अनुपात शून्य दशमलव ४६ प्रतिशतले बढेर ११ दशमलव २७ प्रतिशत तथा आधार ब्याज दर १० दशमलव ५९ प्रतिशत छ । १ दशमलव ०५ प्रतिशत खराब ब्याज रहेको ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी २४ दशमलव ११ रुपैयाँ छ ।