उन्नति माइक्रोफाइनान्सले साढे ४२ प्रतिशत लाभांश दिने

कम्पनीले ४० दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई ४२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४० दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृति प्रदान गरेपछि लागू हुने छ ।