बुधबारदेखि मध्यभोटेकोसीको सीमित आर्इपीओ

कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रूपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी छ अर्ब २१ करोड छ भने जारी पुँजी छ अर्ब छ । कम्पनीको सेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मङ्सिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मङ्सिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको सेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत सेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत छन् ।

कम्पनीको सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आर्इएमर्इ क्यापिल छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइबीएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबीआर्इएल क्यापिटल छन् ।