‘अन्नपूर्ण ’ को ब्रेकिङस्टिममा समस्या देखिएपछि ग्राउण्डेड, बन्न चार/पाँच दिन लाग्ने

सो जहाज ग्राउण्डेड भएपनि निगमले उडान रद्ध भने गरेको छैन् । हाल दैनिक ३ देखी ४ घण्टाको डिले गरेर निगमकै जहाजबाट उडान भर्दै आएको छ । ग्राउण्डेड भएको सो जहाजको मर्मत कार्य नेपालकै इन्जीनियरहरुले गरिरहेका छन् ।

नेपाल वायु सेवा निगमको जहाज अन्नपूर्णको ब्रेकिङस्टिममा समस्या देखिएपछि बिहिबारबाट ग्राउण्डेड भएको छ । निगमको वाइड बडी ए ३३०–२०० सिरिजको उक्त जहाज चार महिना अघि मात्र काठमाडौमा अवतरण गरिएको थियो ।

निगमका प्रवक्ता अशोक शिग्देलले जहाज मर्मतका लागि आवश्यक सामाग्रीहरु माग गरिसकेको बताउदै केहि दिनमै सामान आउने बताए । ‘ सामान आउनेबित्तिकै मर्मतको काम सुरु हुन्छ, प्रवक्ता शिग्देलले भने, बढिमा चार÷पाँच दिन भित्रमा सञ्चालनमा आइसक्छ ’ । सो जहाजले कतार,मलेसिया लगाएतका देशहरुमा उडान भर्दै आएको थियो । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन ।

सो जहाज ग्राउण्डेड भएपनि निगमले उडान रद्ध भने गरेको छैन् । हाल दैनिक ३ देखी ४ घण्टाको डिले गरेर निगमकै जहाजबाट उडान भर्दै आएको छ । ग्राउण्डेड भएको सो जहाजको मर्मत कार्य नेपालकै इन्जीनियरहरुले गरिरहेका छन् । सोही जहाजको कात्तिक १६ गते कतारको दोहामा पनि ब्रेक फेल भएको थियो ।