चीनका पर्यटनमन्त्री लुओ बसन्तपुरमा (चार तस्बिरमा हेर्नुहोस्)

भूकम्पले क्षतिग्रस्त दरबारको पूनर्निर्माण भइरहेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सो दरबारक्षेत्रको पुनर्निर्माण पुरातत्त्व विभागले गरिरहेको छ ।

चिनियाँ फेस्टिबलमा सहभागी हुन काठमाडौं आएका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङले बसन्तपुर दरबारको अवलोकन गरेका छन् ।

भूकम्पले क्षतिग्रस्त दरबारको पूनर्निर्माण भइरहेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत सो दरबारक्षेत्रको पुनर्निर्माण पुरातत्त्व विभागले गरिरहेको छ ।

चीनका पर्यटनमन्त्रीसँगै नेपालका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि बसन्तपुरमा पुगेका थिए । बसन्तपुरको अवलोकनपछि सम्पदा पुनर्निर्माणका लागि चीन सरकार तयार रहेको मन्त्री सुगाङले बताएका छन् । उनले क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणको विषयमा चासोसमेत व्यक्त गरेका थिए ।

चीन सरकारद्वारा नुवाकोटमा रहेको नौ तले दरबारको पुनर्निर्माण गर्ने प्रतिबद्धता यसअघि नै भइसकेको छ ।