वायु सेवा निगमकाे स्वेतपत्र जारीः  जहाज खरिद कर्जाले वित्तीय जोखिममा निगम

निगमले सार्वजनिक गरेको स्वेतपत्रअनुसार जहाज खरिद गरेबापत निगमको ३२ अर्ब ८७ करोड कर्जा छ । निगमको दिर्घकालीन कर्जा अर्थात जम्मा पुँजी ३९ अर्ब ८२ रहेकाले निगम उच्च वित्तीय जोखिम रहेको बताइएको हो ।

नेपाल वायु सेवा निगम जहाज खरिद गर्दा तिर्नुपर्ने कर्जाले वित्तीय जोखिममा परेको छ । निगमले सार्वजनिक गरेको स्वेतपत्रअनुसार जहाज खरिद गरेबापत निगमको ३२ अर्ब ८७ करोड कर्जा छ । निगमको दिर्घकालीन कर्जा अर्थात जम्मा पुँजी ३९ अर्ब ८२ रहेकाले निगम उच्च वित्तीय जोखिम रहेको बताइएको हो ।

जहाज खरिद गर्दा तिर्नुपर्ने कर्जाको वार्षिक १० दशमलव ५० प्रतिशतका दरले ब्याज भुक्तानी हुँदा निगमलाई उच्च किस्ता तिर्नुपर्ने भएकाले निगमको तरलता अवस्था र नाफामा सिधै असर पर्न गएको स्वेतपत्रमा उल्लेख छ ।

वित्तीय सूचकहरुलाई निगम अनुकूल बनाउन सरकारले पुँजी लगानी भित्र्यार्इ वित्तीय जोखिम न्यूनीकरण गर्नुपर्न श्वेतपत्रमा उल्लेख छ ।