सोल्टी होटलले लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने

कम्पनीले कर प्रयोजनसहित १६ दशमलव ३४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

सोल्टी होटलले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कर प्रयोजनसहित १६ दशमलव ३४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

१६ दशमलव ३४ प्रतिशतका दरले हुने १० करोड ८६ लाख ७३ हजार ५ सय ५८ रुपैयाँ नगद लाभांश तथा १० प्रतिशतका दरले ६६ लाख ६० हजार ६ सय ३७ कित्ता बोनस सेयर दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

सोल्टीले लाभांशका लागि मङ्सिर २६ देखि पुस २६ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आगामी पुस २६ गते हुदैँछ ।