अनलाइन प्रणाली सञ्चालनमा आएको साता नेप्से स्थिर, ७९ करोडको कारोबार

साताको पहिलो दिन १ हजार २ सय ५ दशमलव ७९ अङ्कबाट सुरु भएको नेप्से विहीबार १ हजार २ सय ५ दशमलव २ अङ्क कायम भएको छ । सातामा नेप्से शून्य दशमलव ७७ प्रतिशत अङ्कले घटेको हो ।

अनलाइन प्रणाली सञ्चालनमा आएको यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्थिर रहेको छ । साताको पहिलो दिन १ हजार २ सय ५ दशमलव ७९ अङ्कबाट सुरु भएको नेप्से विहीबार १ हजार २ सय ५ दशमलव २ अङ्क कायम भएको छ । सातामा नेप्से शून्य दशमलव ७७ प्रतिशत अङ्कले घटेको हो ।

नेप्से परिसूचक स्थिर रहेको साता नेप्सेमा यस साता ७९ करोडको कारोबार भएको छ । अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको यस साता नेप्सेमा १ अर्ब रुपैयाँको पनि कारोबार हुन सकेन ।

साताका पाँचौ दिन कारोबार खुला रहेको यस साताको पहिलो दिन आइतबार कारोबार रकम ९ करोडमा सिमित भएको थियो । यस्तै, सोमबार १३ करोडको कारोबार भए पनि त्यसयताका दिनमा सुधारिएको कारोबार भयो ।

साताका तीन दिन घटेको नेप्से दुई दिन बढेको थियो । आइतबार १६ अङ्क, सोमबार १४ तथा विहीबार ३ अङ्कले घटेको नेप्से मङ्गलबार १४ अङ्क तथा बुधबार १ अङ्कले बढेको थियो । अनलाइन प्रणाली सञ्चालनमा आएको पहिलो साता नेप्सेमा करिब १ अर्ब रुपैयाँको पनि कारोबार हुन सकेन ।