सामुदायिक लघुवित्तको २ लाख कित्ता आईपीओ आजदेखि, कम्तीमा ५० कित्ता आवेदन दिनु पर्ने

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ प्रतिकित्ताका २ लाख ७३ हजार कित्ता आईपीओसर्वसाधारणका लागि खुलाएको हो । आईपीओमा ५ गतेसम्म आवेदन दिन पाइनेछ ।

सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासन आजदेखि खुला भएको छ । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ प्रतिकित्ताका २ लाख ७३ हजार कित्ता आईपीओसर्वसाधारणका लागि खुलाएको हो ।

संस्थाले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी संस्थापकतर्फको ७० प्रतिशत अर्थात् ७ करोड रुपैयाँ र सर्वसाधारणतर्फको ३० प्रतिशत अर्थात् तीन करोड रुपैयाँ पुग्नेछ ।

यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ हो । आईपीओमा ५ गतेसम्म आवेदन दिन पाइनेछ । पहिलो चरणमा बिक्री नभए ढिलोमा पुस २ गतेसम्म निष्कासन खुला रहने छ ।

नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणालीको अनुमति प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आईपीओमा आवेदन दिन पाइने छ ।