कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रीतशत लाभांश दिने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
१४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस सेयर तथा करबापतको ११ लाख १२ हजार १ सय७१ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा माइक्रोफाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लागू हुने छ ।