नेप्से १० अङ्कले घट्दा ३३ करोड बढीको कारोबार

नेप्सेमा कारोबार भएका १० समूमध्ये ९ समूह ओरालो लागेपछि समग्र नेप्सेमा त्यसको प्रभाव परेको छ । आज नेप्सेमा व्यापार समूह शून्य दशमलव ८४ अङ्कले बढ्नुबाहेक सबै समूह राताम्मे भएका छन् ।

आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १० अङ्कले घटे पनि ३३ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार भएका अधिकांश समूहमा गिरावट आएपछि १० दशमलव १४ अङ्कले नेप्से घटे पनि ३३ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

नेप्सेमा कारोबार भएका १० समूमध्ये ९ समूह ओरालो लागेपछि समग्र नेप्सेमा त्यसको प्रभाव परेको छ । आज नेप्सेमा व्यापार समूह शून्य दशमलव ८४ अङ्कले बढ्नुबाहेक सबै समूह राताम्मे भएका छन् ।

उत्पादनमूलक समूहको कारोबार नभएको दिन आज नेप्सेमा सबैभन्दा बढी जीवन बिमा ४९ अङ्कले घटेको छ भने निर्जीवन बिमा २९ दशमलव ८, जलविद्युत् १२ दशमलव ५८ तथा बैङ्किङ १० दशलमव १६ अङ्कले घटेको छ । यस्तै अरु समूहअमा सामान्य गिरावट आएको छ ।

१ हजार २ सय ४ अङ्कबाट कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से १० अङ्कले घटेपछि पुनः ९ अङ्क बढेर १ हजार २ सय ३ अङ्क कायम भएको थियो । त्यसपछि लगातार घटेको नेप्से कारोबार बन्द हुँदा १० अङ्कले घटेको हो ।

नेप्सेमा आज १ सय ४५ कम्पनीका ३ हजार ४ सय ८८ कारोबारबाट १० लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भई ३३ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा १० करोडले बढी हो ।

नेप्सेमा बिहीबार १ सय ५८ कम्पनीका ३ हजार ५ सय २० कारोबारबाट ८ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भई २३ करोड ९८ लाख ६८ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।