नेपाली परिकार र संस्कृतिलाई विश्वभर लगिने

मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो ।

स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित भोजनका परिकार र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ ।

मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली सङ्घसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो । कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको बताएका छन् ।

‘देशका इटहरी, सौराहा, जनकपुर, पोखरा, नेपालगञ्ज र विश्वका टर्की, अष्ट्रेलिया, अमेरिका, बेलायत लगायत ७० मुलुकमा कार्यक्रम लैजान लागेका छौं’, संयोजक बस्नेतले भने । उक्त अभियानले नेपालमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।