भ्रमण वर्षको कार्यान्वयन उपसमितिको संयोजकमा सचिव देवकोटा

भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालनको कार्यान्वयनका लागि सो समितिले काम गर्ने छ । समितिको उपाध्यक्षमा भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य छन् । उनलाई २ साताअघि मात्र सरकारले राष्ट्रिय संयोजकको जिम्मेवारी दिएको हो ।

भ्रमण वर्ष २०२० को कार्यान्वयन उपसमिति गठन भएको छ । उपसमितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई मन्त्रिस्तरीय बैठकबाट सोमबार नियुक्त गरिएको हो ।

भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालनको कार्यान्वयनका लागि सो समितिले काम गर्ने छ । समितिको उपाध्यक्षमा भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य छन् । उनलाई २ साताअघि मात्र सरकारले राष्ट्रिय संयोजकको जिम्मेवारी दिएको हो । सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ ।

यस्तै उपसमितिको सदस्यहरुमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, अर्थमन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का १२ औं तहका एक जना सदस्य, निजी क्षेत्रका पर्यटन व्यवसायी÷संस्थाका प्रतिनिधिमध्येबाट ५ जना रहने छन् । उपसमितिको सदस्यसचिवमा नन्दिनी लाहे थापा छिन् ।

भ्रमण वर्ष २०२० को सचिवालय नेपाल पर्यटन बोेर्डमा तोकिएको छ । भ्रमण वर्ष सुरु हुन करिब डेढ वर्षमात्र बाँकी रहँदा पर्यटन मन्त्रालयले भरखरै मात्र समितिहरु गठन गरेको हो । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन बोर्डले पनि पर्यटन दूतहरु फेर्ने तयारी गरिरहेको छ । हाल भएका पर्यटन दूतहरु निष्कृय रहेको भन्दै बोर्डले केही महिनाभित्रै नयाँ दूतहरु नियुक्ति गर्न लागेको बोर्डका प्रवक्ता आदित्य बरालले बताए ।