नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मङ्सिर २३ देखि

कम्पनीले १ः१ अनुपातमा पुस २९ गतेसम्मका लागि १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले खुलाउने हकप्रदमा मङ्सिर ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

नाडेप लघुवित्त वित्तीय संस्थाले मङ्सिर २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा पुस २९ गतेसम्मका लागि १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले खुलाउने हकप्रदमा मङ्सिर ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

नबिल इन्भेष्टमेन्ट बैङ्ककिङ बिक्री प्रबन्धक रहेको उक्त हकप्रदमा नाडेपको केन्द्रिय तथा शाखा कार्यलयबाट आवेदन दिन पाइनेछ । यस्तै सी–आस्बामा सहभागी सबै बैङ्क तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको थियो । हकप्रद बिक्रीपछि नाडेपको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।