संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले ‘ओपन स्काई’को सर्त मान्न नसकिने बताए । ‘हामीले अन्य देशसँग गरेको जस्तै सम्झौता गर्न अस्ट्रेलियासँग प्रस्ताव अघि सारेका हौं,’ सहसचिव आचार्यले भने, ‘तर अस्ट्रेलियाले भने ‘ओपन स्काई’मा मात्र सम्झौता गर्ने बताउँदै आएको छ ।’
नेपालसँग हवाई सम्झौताका लागि अस्ट्रेलियाले ‘ओपन स्काई’को सर्त अघि सारेको छ । हवाई सम्झौताका लागि तयार रहेपनि ‘ओपन स्काई’को सर्तका कारण नेपाल पछि हटेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले ‘ओपन स्काई’को सर्त मान्न नसकिने बताए । ‘हामीले अन्य देशसँग गरेको जस्तै सम्झौता गर्न अस्ट्रेलियासँग प्रस्ताव अघि सारेका हौं,’ सहसचिव आचार्यले भने, ‘तर अस्ट्रेलियाले भने ‘ओपन स्काई’मा मात्र सम्झौता गर्ने बताउँदै आएको छ ।’
पछिल्लो समय धेरै नेपालीहरु अस्ट्रेलियाको सिड्नी, मेलबर्न तथा पर्थलगायतका सहरहरुमा बढी आवात जावत गर्न थालेपछि नेपाल हवाई सम्झौताका लागि इच्छुक भएको हो । तर अस्ट्रेलिया सरकारको प्रस्ताव स्वीकार गर्न नसकेका कारण दुई पक्षीय सम्झौता हुन सकेको छैन । नेपालका तर्फबाट हवाई सम्झौताका लागि प्रयास भने जारी नै रहेको मन्त्रालयको भनाइ छ ।
युरोपियन मुलुकहरुमा भने ‘ओपन स्काई’को अवधारणामा हवाई सम्झौता हुने गरेको छ । नेपालले हालसम्म कुनै पनि देशसँग सबै ठाउँबाट उडान भर्न मिल्ने गरी सम्झौता गरेको छैन । छिमेकी मुलुक भारतले पनि केही प्रान्तमा मात्र यस किसिमको सम्झौता गरेको छ ।
युरोपिन युनियन (ईयू)ले लामो समयदेखि नेपाललाई कालोसूचीमा राख्दै आएको छ । कालोसूचीबाट नहटाएकै कारण नेपाली जहाजहरु युरोपमा जान सकेका छैनन् । नेपालले पटक पटक ईयूलाई कालोसूचीबाट हटाउन माग गरेपनि हालसम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको छैन ।