आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बाँडफाँटपछि कम्पनीले कात्तिक १५ देखि कात्तिक १९ गतेसम्मका लागि सर्वसाधारणलाई सेयर बिक्री खुलाएको थियो । सेयर बिक्री खुलाएको करिब १ महिनापछि कम्पनीको सेयर बाँडफाँट हुने सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
सर्वसाधारणका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ अर्को साता मङ्सिर १२ सोमबार बाँडफाँट हुने भएको हो ।
आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बाँडफाँटपछि कम्पनीले कात्तिक १५ देखि कात्तिक १९ गतेसम्मका लागि सर्वसाधारणलाई सेयर बिक्री खुलाएको थियो । सेयर बिक्री खुलाएको करिब १ महिनापछि कम्पनीको सेयर बाँडफाँट हुने सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
नागरिक लगानीकोषका बजार नायब प्रबन्धक रोशनजङ्ग कार्कीका अनुसार लगानीकर्ताले दोहोर्याएर लगानी गरेका कारण सेयर बाँडफाँट गर्न समय लागेको हो । उनले यही हप्ताको शुक्रबारसम्ममा सबै विवरण आएको खण्डमा अर्को साताको सोमबारसम्म सेयर बाँडफाँट भइसक्ने बताए ।
स्थानीयका लागि सेयर आवेदनमा डीम्याट खाता अनिवार्य नभए पनि यस पटक अनिवार्य रहेको बताउँदै उनले भने, ‘पहिले नै सेयर भरेका स्थानीय वासिन्दाले दोहोर्याएर आवेदन दिएका कारण आईपीओ बाँडफाँटमा ढिलाइ भएको हो ।’