काराबोर सुरु भएदेखि नै घट्न थालेको सेयर बजार सुरु भएको बिन्दुबाट ८ अङ्क घटेर फेरि उकालो लागेको थियो । घटेकै अवस्थामा ३ अङ्क सुधार भए पनि तत्काल ओरालो लाग्दै नेप्से ५ अङ्कले घटेको हो ।
पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सातामा लगातार तेस्रो दिन घट्दै १ हजार १ सय ८१ अङ्क कायम भएको छ । मङ्गलबार ७ अङ्कले घटेको नेप्से साताको पहिलो दिन आइतबार १ हजार २ सय ४ अङ्कबाट सुरु भएको थियो । त्यसयता लगातार घट्दै आएको नेप्सेमा तीन दिनमा २३ अङ्क गिरावट आएको छ ।
आज १ हजार १ सय ८९ दशमलव ९७ अङ्कबाट सुरु भएको बजार ८ दशमलव ५४ अङ्कले घटेर १ हजार १ सय ८१ दशमलव ६६ अङ्क कायम भएको छ । काराबोर सुरु भएदेखि नै घट्न थालेको सेयर बजार सुरु भएको बिन्दुबाट ८ अङ्क घटेर फेरि उकालो लागेको थियो । घटेकै अवस्थामा ३ अङ्क सुधार भए पनि तत्काल ओरालो लाग्दै नेप्से ५ अङ्कले घटेको हो ।
मङ्गलबार नेप्सेमा १ सय ४५ कम्पनीका ३ हजार कारोबारबाट ५ लाख ६६ हजार सेयर खरिदबिक्री भई १७ करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये उत्पादनमूलक ७ दशमलव २२ अङ्क बढ्नुबाहेक सबै समूहमा गिरावट आउँदा समग्र नेप्से प्रभावित भयो । आज सबैभन्दा बढी निर्जीवन बिमा ५८ दशमलव ५६, जीवन बिमा २७ दशमलव ८८, अङ्कले घटेको छ । आज बैङ्किङ ९, अङ्कले घटेको छ भने अन्य ६ दशमलव २९ अङ्कले घटेको छ ।
समग्र नेप्से ८ अङ्कले घटेको दिन आज किसन माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५ दशमलव ८० प्रतिशतले बढेको छ भने एभरेस्ट इन्स्योरेन्सको सेयर मूल्य ९ दशलव ९४ प्रतिशतले घटेको छ ।