वाइडबडी खरिद प्रक्रिया : पर्यटन सचिव र निगम प्रमुखलाई लेखा समितिले बोलायो

मङ्गलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले वाइडबडी विमान खरिदको विषयमा विभिन्न प्रश्नहरु उठेको भन्दै आमागी ९ गते समितिको बैठकमा सोधपुछका लागि बोलाइएको हो ।

वाइडबडी खरिदको विषयमा सोधपुछका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखलाई लेखा समितिले बोलाएको छ । मङ्गलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सदस्यहरुले वाइडबडी विमान खरिदको विषयमा विभिन्न प्रश्नहरु उठेको भन्दै आमागी ९ गते समितिको बैठकमा सोधपुछका लागि बोलाइएको हो ।

समितिका सदस्य विरोध खतिवडाले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका कार्यकारी अध्यक्ष मदन खरेल वा महाप्रबन्धक सुगतरत्न कंसाकारमध्ये एक जनालाई उपस्थिति भई जवाफ दिन निर्देशन दिइएको बताए । पछिल्लो समय निगमले खरिद गरेका दुई ओटा वाइडबडी जहाजले व्यावसायिक योजनाअनुसार उडान गर्न नसक्दा दैनिक घाटामा गएको भन्दै विरोध हुन थालेको छ ।

केही समयअघि मात्र निगमले सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको थियो । निगम आर्थिक सङ्कटमा परेको भन्दै श्वेतपत्र जारी गरी सरकारसँग पैसा दिन अनुरोध गरेपनि हालसम्म अर्थमन्त्रालयले यस विषयमा कुनै पनि जवाफ दिएको छैन ।