कम्पनीले इलामका स्थानीय वासिन्दाका लागि बिक्री खुलाएर नबिकेको ६५ प्रतिशत सेयरसमेत निष्कासन गर्ने छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि मङ्सिर १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले करिब १७ करोड रुपैयाँ बराबरको १६ लाख ९० हजार ४ सय ७० कित्ता आईपीओ बिक्रीमा ल्याउने भएको हो । कम्पनीले इलामका स्थानीय वासिन्दाका लागि बिक्री खुलाएर नबिकेको ६५ प्रतिशत सेयरसमेत निष्कासन गर्ने छ ।
कम्पनीले निष्कासन गरेको सेयरमध्ये कर्मचारीलाई ५० हजार ७ सय १४ कित्ता र सामूहिक लगानी कोषलाई ८४ हजार ५ सय २३ कित्ता छुट्याएर १५ लाख ५५ हजार २ सय ३३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
सेयरमा छिटोमा मङ्सिर १९ गते र बिक्री नभए ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने छ । आवेदकले कम्पनीको सेयरमा न्यूनतम ५० देखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्न पाउनेछन् । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।