रिल्याक्सिङ रारा

सौम्य वातावरणमा पैदल यात्रा गर्दा रारा तालवरपर स्वर्गीय अनुभूति आभास हुन्छ । बजेट डेस्टिनेसनका रुपमा पनि लिन सकिने रारा केही दिनका लागि रिल्याक्सिङ ट्रिप हुन सक्छ ।

मुगुमा अवस्थित नेपालको सबैभन्दा ठूलो रारा ताल समुद्री सतहदेखि २९७२ मिटर उचाइमा छ । शान्त र सुन्दर वातावरणमा सयर गर्न चाहनेका लागि रारा ताल उचित गन्तव्य हुन सक्छ । सौम्य वातावरणमा पैदल यात्रा गर्दा रारा तालवरपर स्वर्गीय अनुभूति आभास हुन्छ । बजेट डेस्टिनेसनका रुपमा पनि लिन सकिने रारा केही दिनका लागि रिल्याक्सिङ ट्रिप हुन सक्छ । पछिल्लो समय त झन् मोटरसाइकलमै रारा पुग्न सकिन्छ । अभिज्ञ थापाले क्यामेरामा कैद गरेका केही तस्बिर :