वैदेशिक रोजगारीमा सिकेका सिप,ज्ञान र दक्षतालाई प्रयोग गरी नेपालमै व्यवसाय तथा उद्यमी बन्न चाहनेहरुलाई सकारले १० लाख सम्मको सरलकर्जा दिने भएको छ ।
वैदेशिक रोजगारीमा सिकेका सिप,ज्ञान र दक्षतालाई प्रयोग गरी नेपालमै व्यवसाय तथा उद्यमी बन्न चाहनेहरुलाई सकारले १० लाख सम्मको सरलकर्जा दिने भएको छ । स्वदेशमै सबै युवाहरुलाई रोजगार दिलाउने सरकारी योजनाहरु विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी यस्तो योजना सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बिहिबार एक सूचना जारी गर्दै आगामी पुस महिना भित्रमा ईच्छुक व्यक्तिहरुले आवश्यक कागजपत्रका साथ बोर्ड सचिवालय सूचीकरणका लागि निवेदन दिन भनिएको छ । विदेश जाने युवाहरुको संख्यामा कमी बनाउनका लागि सरकारले बार्षिक १ लाख युवालाई स्वदेशमै रोजगारी दिने योजना बनाएको छ । त्यहि योजनालाई सफल बनाउनका लागि श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेश बाट फर्किएका युवाहरुलाई सरल कर्जा दिन लागेको हो । सरल कर्जा लिनका लागि बोर्डको वेवसाइडमा सूचना राखिएको जनाएको छ ।
यसैबीच सरकारले सबै स्थानीय तहमा रोजगारीको विषयमा जानकारी दिन र लिनका लागि रोजगार सूचना केन्द्रको स्थापना गर्ने भएको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले सूचना केन्द्र स्थापनाको लागि श्रम मन्त्रालयलाई स्वीकृति दिएको हो ।