ओपल सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गर्नुपर्ने वार्षिक हिसाब तथा विवरण पेस नगर्दा सेयर कारोबारमा नेप्सेले रोक लगाएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर दलाल कम्पनी ओपल सेक्युरिटिज इन्भेस्टमेन्टलाई सेयर कारोबार गर्न रोक लगाएको छ । ओपल सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेस गर्नुपर्ने वार्षिक हिसाब तथा विवरण पेस नगर्दा सेयर कारोबारमा नेप्सेले रोक लगाएको हो ।
नेप्सेले कम्पनीलाई वार्षिक हिसाब तथा विवरण पेस गर्न ३० दिनको म्याद थप गर्दासमेत बेवास्ता गरेकाले सेयर कारोबारमा रोक लगाइएको नेप्सेले जानकारी दिएको छ । नेप्सेले ओपल सेक्युरिटिजलाई ७ दिनसम्म कारोबार गर्न रोक लगाएको हो । ७ दिनसम्म पनि वार्षिक हिसाब विवरण नबुझाए कम्पनीले विवरण नबुझाउँदासम्मका लागि कारोबारमा रोक लगाइने जनाएको छ ।