सातामा नेप्से १४ अङ्क घट्यो, अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक १४ अङ्कले घटे पनि १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताको १ दिन उकालो तथा चार दिन ओरालो लागेको नेप्से १४ अङ्कसम्म झरेको हो ।

मङ्सिरको पहिलो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशमलव २१ अङ्कले घटेको छ । नेप्से परिसूचक १४ अङ्कले घटे पनि १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताको १ दिन उकालो तथा चार दिन ओरालो लागेको नेप्से १४ अङ्कसम्म झरेको हो । पहिलो दिन आइतबार ११९५.४५ अङ्कबाट सुरु भएको कारोबार अन्तिम दिन बिहीबार ११८१.२४ अङ्क कायम भएको छ ।

साताका पाँचै दिन कारोबार भएको नेप्सेमा लगातार तीन दिनको गिरावटपछि बुधबार सुधार आए पनि बिहीबार फेरि परिसूचक घटेको थियो । मङ्गलबार ७ अङ्कले घटेको नेप्सेमा १७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो । आइतबार १० अङ्कले नेप्से घटे पनि सबैभन्दा बढी ३३ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता लगातार घट्दै गएको कारोबार बुधबार २६ करोड रुपैयाँ बराबरको भएको थियो ।

आइतबार १० अङ्कले घटेको नेप्से सोमबार ५ अङ्क, मङ्गलबार ८ अङ्क तथा बिहीबार १ अङ्कले घट्यो भने बुधबार १ अङ्कको वृद्धि भएको थियो । अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको गत साता नेप्से स्थिर रहँदा ७९ करोडको कारोबार भएको थियो ।