आइतबार नेप्सेमा कारोबार भएका सबै १० समूहमा गिरावट आएपछि नेप्से दोहोरो अङ्कले घटेको हो । एनएमबी बैङ्कको सबैभन्दा बढी कारोबार भएको दिन आज व्यापार समूहको कारोबार भएन ।
सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)१ हजार १ सय ६६ दशमलव ४३ अङ्कको बिन्दुमा आएको छ । साताको पहिलो दिने आइतबार १४ दशमलव ८२ अङ्कले ओरालो लागेपछि नेप्से करिब साढे ११ सय बिन्दुको नजिक आएको छ । यसअघि साउन २७ गते आइतबार १ हजार १ सय ६३ अङ्कको बिन्दुमा आएको नेप्से पुनः सोही बिन्दुनजिक आएको हो ।
आइतबार नेप्सेमा कारोबार भएका सबै १० समूहमा गिरावट आएपछि नेप्से दोहोरो अङ्कले घटेको हो । एनएमबी बैङ्कको सबैभन्दा बढी कारोबार भएको दिन आज व्यापार समूहको कारोबार भएन । आइतबार एनएमबीको ३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३० प्रतिशत लाभांश दिएपछि लगानीकर्ता एकम्पनीको सेयर किन्न झुम्मिएका छन् । बिहीबार पनि कम्पनीको सात करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार सुरु भएदेखि लगातार घट्न थालेको सेयर बजार कारोबार बन्द हुँदासम्म घटिरहेको नेप्सेमा १ सय ५४ कम्पनीको ३ हजार ९ सय ४५ कारोबारबाट ८ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भई २५ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्सेमा गत साताको विहीबार पनि २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार नेप्सेमा १ सय ४३ कम्पनीका ४ हजार कारोबारबाट ७ लाख ७४ हजार कित्ता सेयर किनबेच भई २५ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।
आइतबार नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमा ९६ दशमलव ७६, उत्पादनमूलक ५० दशमलव ५४, जीवन बिमा ४४ दशमलव ४, होटल २८ दशमलव ८७, जलविद्युत् २४ दशमलव ८९, लघुवित्त २२ दशमलव ४५, बैङ्किङ १२ दशमलव ६४ अङ्कले घटेको छ । यस्तै विकास बैङ्क ६ दशमलव ४७, अन्य ७ दशमलव ७१ र वित्त ५ दशमलव १६ अङ्कले ओरालो लागेको छ ।
नेप्सेमा आज नाग्दी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा बढी ६ दशमलव २५ प्रतिशतले बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४६ प्रतिशतले घटेको छ ।